Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

राम्रो व्यापार गरेपछि मनसराका दुई प्राविधिकलाई सम्मान

राम्रो व्यापार गरेपछि मनसराका दुई प्राविधिकलाई सम्मान

images
  • 334
    SHARES
  • images

    काठमाडौं, २३ वैशाख । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा मनसरा यतिवेला देश तथा विदेशका हलहरूमा दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित प्रदर्शन भइरहेको छ। सिनेमाले देश तथा विदेशमा राम्रो व्यापार गरिरहँदा सिनेमाको निर्माण टिमले विभिन्न क्षेत्रमा कार्यरत छायाङ्कनमा परेका पात्रलाई प्रोत्सान गरिरहेको छ।

    गत बुधबार आयोजित सिनेमाको प्रिमियर शोमा लामो समयदेखि सिनेमाको पर्दा पछाडी रहेर काम गरिरहेका २ जना प्राविधिकलाई नगद राषिसहित सम्मान गरेको थियो। यसैबीच हिजो शनिबार सम्पन्न नेपाल र वेस्ट इन्डिज ए बीच भएको ५ खेलको सिरिजमा सहकार्य गरेको थियो। सिनेमा र खेलकुदबीच सहकार्य तथा एकअर्का प्रवद्र्धनका हेतुले मनसरा टिमले क्यानसँग सहकार्य गरेको थियो।

    जसको अन्तिम दिन हिजो शनिबार सिनेमाको टिमले ग्राउण्डमा काम गर्ने कर्मचारीलाई सहयोग गरेको छ। आगामी दिनमा पनि ग्राउण्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने हेतुले आफुहरुले ग्राउण्ड स्टाफलाई एक लाख नगद सहयोग गरेको निर्माण शैलेन्द्र डी कार्कीले बताए। आफूहरूको प्राथामिकतामा जहिले पनि पर्दा पछाडीका मान्छे पर्ने र उनीहरूलाई प्रोत्सानको जरुरी रहने बुझेकाले पनि कबड्डी फिल्मस्ले खेलाडीसँगै ग्राउण्ड स्टाफलाई नगद सहयो गरेको बताए।

    मनसरा कवि उपेन्द्र सुब्बा निर्देशित दोस्रो सिनेमा हो। यो सिनेमाको कथा पनि स्वंयम निर्देशक सुब्बाले नै लेखेका हुन्। सिनेमामा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ। सिनेमाका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन्। विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन्।

    सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ। त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन्।

    यो सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ। जी टु वान सिनेमाको डिजिटल पार्टनर हो।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology