Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्न चाहन्छु - प्रधानमन्त्री प्रचण्ड

गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्न चाहन्छु - प्रधानमन्त्री प्रचण्ड

images
  • समाचार
  • भाद्र ८, २०८० शुक्रवार ०६:०६ बजे
  • 685
    SHARES
  • images

    प्रधानमन्त्री पुष्पकमल दाहालले गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गर्ने प्रतिबद्धता जनाउनुभएको छ। 

     

    बिहीबार गौरा पर्वको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गर्नुभएको हो। उहाँले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रीपरिषद्मा लैजाने बताउनुभयो। 

     

    उहाँले सरकारले सुदूरपश्चिमका जनताको भावनालाई कदर गर्ने बताउनु भयो। उहाँले यो भन्दा पहिला गौरा पर्वमा बिदा दिएको फाइल हेरेर तिथि किटान गरेर आए बिदा दिने बताउनु भयो। उहाँले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउन काम गरेको बताउनुभयो। 

     

    उहाँले तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा सुदूरपश्चिमको लागि धेरै काम गरेको बताउनुभयो। प्रधानमन्त्री दाहालले गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढी सकेको बताउनुभयो। उहाँले कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खाबन्दरगाह बन्ने प्रक्रिया अगाडि बढेको भन्दै यो क्षेत्रमा धेरै काम गरेको दाबी गर्नुभयो। 

     

    उहाँले भन्नुभयो ‘‘अगाडि बोल्ने नेताहरूले प्रधानमन्त्रीको हैसियतका गौरा पर्वको विषयमा केही घोषणा गर्नुपर्ने कुरा राख्नुभएको छ। हिजो मात्रै मन्त्रीपरिषद् बैठकमा यो कुरा चलेको छ। हामीले गौरा पर्वका विषयमा सकारात्मक मात्रै होइन। सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्ने कुरामा प्रष्टता गरेका छौँ। आजको यो मञ्चबाट गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने निर्णय लिने घोषणा गर्न चाहन्छु। सुदूरपश्चिममा पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउने मैले जमर्को गरेको थिए। तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा धेरै कुरा भएका छन्। चाहे गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढिसकेको छ। कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खाबन्दरगाह बन्ने प्रक्रिया अगाडि बढेको छ। सुदूरपश्चिम र कर्णालीका जनताको जीवनमा समृद्धि नआउँदासम्म र न्याय नहुँदासम्म नेपालमा कुनै समृद्धि हुनै सक्दैन भन्ने विश्वास राख्ने मान्छे हुँ म। सुदूरपश्चिमको पहिचानको निम्ति प्रधानमन्त्री भएपछि सबैभन्दा धेरै सुदूरपश्चिममा गएको छु।’’

     

    उहाँले सुदूरपश्चिम र कर्णालीका जनताको जीवनमा समृद्धि नआउँदासम्म र न्याय नहुँदासम्म नेपालमा कुनै समृद्धि हुनै सक्दैन भन्ने विश्वास रहेको बताउनुभयो। 

     

    उहाँले सुदूरपश्चिमको पहिचानको निम्ति प्रधानमन्त्री भएपछि सबैभन्दा धेरै सुदूरपश्चिम केन्द्रित रहेर काम गरिरहेको उल्लेख गर्नुभयो। 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology