Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

वागेश्वर धाम सरकारको हनुमन्त कथा सुन्न् अनलाईन टिकट खुल्यो

वागेश्वर धाम सरकारको हनुमन्त कथा सुन्न् अनलाईन टिकट खुल्यो

images
  • समाचार
  • श्रावण २५, २०८० बिहिवार ११:२७ बजे
  • 2.4K
    SHARES
  • images

    हिन्दू दर्शनमा प्रवचन र सनातन धर्म परम्पराको प्रचारका लागि परिचित तथा हिन्दू आध्यात्मिक नेता र मध्य प्रदेश, भारतको एक धार्मिक केन्द्र बागेश्वर धामका संस्थापक बागेश्वर धाम सरकार अर्थात आचार्य धीरेन्द्र कृष्ण शास्त्री नेपाल आएर शाश्वतधाम, नवलपुरमा हनुमन्त कथा वाचन गर्ने भएपछि अनलाईन प्रवेश पास (टिकेट) खुल्ला भएको छ ।

    babaevent.jpeg

    कसरी गर्ने आवेदन 
    शाश्वतधामले खुल्ला गरेको अनलाईन प्रवेश आवेदन गर्नको लागि https://shashwatdham.org or  यो लिंक क्लीक गरेर हनुमन्त कथा श्रवनको लागि निशुल्क आवेदन दिन मिल्नेछ । त्यस पछि तपाँईले आफ्नो नाम थर परिचय पत्रको फोटो, ईमेल आईडी तथा प्रवेश मिति राखेपछि तपार्इँको ईमेलमा एउटा वान टाईम पासवर्ड (ओटिपी) आउनेछ । त्यसपछि ईमेलको ओटीपी भरिककेपछि तपाईले एउटा क्युआर पाउनुहुनेछ । ईमेल तथा सोहि साईटमा पाउने क्युआरको स्कृनशट तपाँईले प्रवेशको लागि आफ्नो परिचयपत्रको साथ प्रवेशको समयमा पेश गर्नुपर्नेछ ।
    चौधरी ग्रुपका निर्देशक एवं सिजी कर्प ग्लोवलका प्रबन्ध निर्देशक बरुण चौधरीको विशेष निमन्त्रणामा नेपाल आउने कार्यक्रम तय भएको हो भने कार्यक्रमको प्रमुख प्रायोजक  सिजि सिमेन्ट रहेको छ ।
    हिन्दू तीर्थयात्रा र शिक्षाको केन्द्रको रुपमा भारतको मध्य प्रदेशमा बागेश्वर धामको स्थापना गर्ने सरकार एक प्रख्यात लेखक समेत रहेका छन् । उनले हिन्दू दर्शन र आध्यात्मिकतामा धेरै पुस्तकहरू लेख्ने तथा धार्मिक सम्मेलन र कार्यक्रममा नियमित वक्ता समेत रहेका उनि आफ्नो सरल र प्रत्यक्ष संचार शैलीको लागि परिचित रहेका छन् । 
    विश्वभर लाखाँै अनुयायीहरुका रहेका तथा नेपालमा पनि विशेषगरी युवायुवतीमाझ लोकप्रिय बागेश्वर धाम सरकार यहि भदौ १ गते आफ्नो पाँच दिवसिय भ्रमणका लागि नेपाल आउने भएका हुन् । उक्त दिन काठमाडौँमा आउने र पशुपतिनाथ दर्शन गरि बेलुका आरतिमा आफ्ना अनुयायीहरुका साथ सहभागिता जनाउदै मन्तव्य दिने कार्यक्रम रहेको छ । तत्पश्चात उनि नवलपुरमा रहेको चौधरी ग्रुपको शाश्वत धाममा तिन दिन २ गतेदेखि ४ गते सम्म हनुमन्त कथा प्रवचन गर्ने साथै पाँच दिनको भ्रमण समापन गरि उनि भदौ ५ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । Bageshwar-Dham-Sarkar-1.jpg

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology