
काठमाडौं,
नेपाली सेनाको पाइलट सहायक रथीबाट उपरथीमा पदोन्नति भएका आशिष नरसिंह राणालाई प्रधान सेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा विशेष कार्यक्रमका बीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
गत ७ गतेको मन्त्रिपरिषद्को निर्णयले उनको बढुवा गरिएको थियो ।
राणालाई सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको छ ।




