Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

वरुण चौधरीको निम्तोमा वागेश्वर धाम सरकार नेपाल आउने

वरुण चौधरीको निम्तोमा वागेश्वर धाम सरकार नेपाल आउने

images
  • समाचार
  • श्रावण १६, २०८० मंगलवार ११:१६ बजे
  • 514
    SHARES
  • images

    Barun.jpgहिन्दू दर्शनमा प्रवचन र सनातन धर्म परम्पराको प्रचारका लागि परिचित तथा हिन्दू आध्यात्मिक नेता र मध्य प्रदेश, भारतको एक धार्मिक केन्द्र बागेश्वर धामका संस्थापक बागेश्वर धाम सरकार अर्थात आचार्य धीरेन्द्र कृष्ण शास्त्री नेपाल भ्रमणको आउने भएका छन् ।
    चौधरी ग्रुपका निर्देशक एवं सिजी कर्प ग्लोवलका प्रबन्ध निर्देशक बरुण चौधरीको विशेष निमन्त्रणामा नेपाल आउने कार्यक्रम तय भएको हो ।
    हिन्दू तीर्थयात्रा र शिक्षाको केन्द्रको रुपमा भारतको मध्य प्रदेशमा बागेश्वर धामको स्थापना गर्ने सरकार एक प्रख्यात लेखक समेत रहेका छन् । उनले हिन्दू दर्शन र आध्यात्मिकतामा धेरै पुस्तकहरू लेख्ने तथा धार्मिक सम्मेलन र कार्यक्रममा नियमित वक्ता समेत रहेका उनि आफ्नो सरल र प्रत्यक्ष संचार शैलीको लागि परिचित रहेका छन् ।
    विश्वभर लाखाँै अनुयायीहरुका रहेका तथा नेपालमा पनि विशेषगरी युवायुवतीमाझ लोकप्रिय बागेश्वर धाम सरकार यहि भदौ १ गते आफ्नो पाँच दिवसिय भ्रमणका लागि नेपाल आउने भएका हुन् । उक्त दिन काठमाडौँमा आउने र पशुपतिनाथ दर्शन गरि बेलुका आरतिमा आफ्ना अनुयायीहरुका साथ सहभागिता जनाउदै मन्तव्य दिने कार्यक्रम रहेको छ । तत्पश्चात उनि नवलपुरमा रहेको चौधरी ग्रुपको शाश्वत धाममा तिन दिन २ गतेदेखि ४ गते सम्म हनुमन्त कथा प्रवचन गर्ने साथै पाँच दिनको भ्रमण समापन गरि उनि भदौ ५ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology