Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सोमबारदेखि काठमाडौं महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने

सोमबारदेखि काठमाडौं महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने

images
  • समाचार
  • आषाढ ४, २०८० सोमवार ०७:४६ बजे
  • 529
    SHARES
  • images

    सोमबार देखि काठमाडौं महानगरपालिकाले  महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ। नगर प्रहरीलाई खटाएर महानगरका प्रमुख बालेन्द्र साहले  हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिनुभएको हो। 

    “भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले तीन दिनपहिले हटाउन आह्वान गरेका थियौँ। नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन।”-मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेख्नुभएको छ, 

     सङ्घ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी  नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले तोकेको छ। चलचित्र आदिपुरुष यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि प्रहार भई अपूरणीय क्षति हुने देखिएको तथा उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यसप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।   

     उक्त राष्ट्रहित विपरीतको चलचित्रको  काठमाडौं महानगरपालिका क्षेत्रभित्र प्रदर्शनलाई निषेध गरेरमात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको प्रमुख साहले बताउनुभएको छ। 

     प्रमुख साहको निर्देशनपछि नगर प्रहरीले  ३ असार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म प्रदर्शन नगर्न निर्देशन दिने र यसका लागि नगर प्रहरी आजैदेखि खट्ने भएको महानगरपालिकाले जनाएको छ। 

    दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर साहले फेसबुक स्टाटसमार्फत तीन दिनको समय दिनुभएको थियो। 

    फिल्म निर्माता ले आइतबार बेलुकासम्म  भारतमा उक्त संवादलाई सच्याएका छैनन्।

    काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन्। 

    images
  • सम्बन्धित विषय:

  • # Balenshah
  • # Ravilamichhane
  • # Paulshah
  • # Rajeshhamal

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology