* बाढीले बगाउँदा सङ्खुवासभामा एक जनाको मृत्यु १७
जना सम्पर्क विहीन
* बाढीले बगाउँदा पाँचथरमा छ जना बेपत्ता
* ताप्लेजुङ मा पहिरोमा परी एकै परिवारका तीनजना
सहित चार बेपत्ता
* बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने
बाटोमा पर्ने हेँवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ
गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुई वटा मोटरेवल
र एउटा झोलुङगे पुल बगाएको छ ।
* बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल
पुल पनि बगाएको छ
* रातभर अत्यधिक वर्षासँगै ठाउँ–ठाउँमा बाढी र पहिरो
झरेपछि मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको
झोलुङ्गे पुल बगाएको छ ।




