जेठ ३१ गते । नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरी र चर्चित क्रिकेटर सन्दीप लामिछाने ले क्यानडाको ग्लोबल टी–२० लिग खेल्नु हुनेभएको छ ।
मंगलबार राति भएको अक्सनबाट सन्दीपलाई सुरे ज्याकवार दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले टोलीमा अनुबन्ध गरेको हो । यसअघिका दुवै सिजनको ग्लोबल टी–२० खेलिसक्नुभएको छ ।
उहाँले पहिलो सिजन मोन्टेरियल टाईगर र दोस्रो सिजन टोरन्टोबाट खेल्नुभएको थियो । दीपेन्द्रले भने पहिलो पटक ग्लोबल टी–२० लिगमा अवसर पाउनुभएको हो । ग्लोबल टी–२० आगामी जुलाई २० देखि अगस्ट ६ तारिखसम्म क्यानडामा हुनेछ ।




