३१ गते । यस वर्षको मनसुन नेपाल भित्रिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको जनाएको छ । सरदर मितिभन्दा एक दिन ढिला गरी यस वर्षको मनसुन नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ ।
नेपाल प्रवेश गरेको मनसुन कोशी, मधेश, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा पुगेको र नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन फैलिँदै जाने महाशाखाले जनाएको छ ।
पश्चिमी वायु र भारतको विहारमा बनेको न्यून चापीय प्रणालीका कारण बुधबार रातिदेखि उपत्यका सहित देशका पहाडी भूभागमा वर्षा भएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।




