Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मेस्सीले निर्णय गरपछि क्लबको इन्स्टाग्राममा फलोअर ह्वात्तै

मेस्सीले निर्णय गरपछि क्लबको इन्स्टाग्राममा फलोअर ह्वात्तै

images
  • खेलकुद
  • जेठ २६, २०८० शुक्रवार १९:३८ बजे
  • 547
    SHARES
  • images

    अमेरिकी फुटबल क्लब इन्टर मायामी जाने फुटवल स्टार लियोनल मेस्सीले गरपछि क्लबको इन्स्टाग्राममा फलोअर ह्वात्तै बढेका छन् । 

    इन्टर मायामी फुटबल क्लबको इन्स्टाग्राममा पछिल्लो २४ घण्टाको अवधिमा ४०० प्रतिशतले फलोअर बढेर १० लाखबाट झन्डै ५० लाख पुगेका छन् । यसअघि मेस्सीले पीएसजी छाड्ने निश्चित हुँदा पनि पीएसजीका लाखौँ फलोअर घटेका थिए ।

    विश्वकप विजेता ३५ वर्षीय मेसीलाई साउदी अरेबियन क्लब अल–हिलालले आर्कषक प्रस्ताव गरेको थियो । तर आफ्नो पुरानो क्लब बार्सिलोना फर्किने चाहना राखेका मेसीको यो सम्भावना पनि वित्तीय निष्पक्ष खेल सीमाका कारण असम्भव बन्यो। मेस्सीले स्टार फुटबलर डेभिड ब्याकहमको लगानी रहेको अमेरिकी क्लब इन्टर मायामी जाने निधो गरेका हुन् ।

    यस क्लबबाट खेल्दा उनलाई एप्पल र एडिडास कम्पनीले प्रायोजन गर्नेछन् । साथै उनले इन्टर मायामीमा लगानी पनि सुरक्षित गरेको बताइएको छ ।

    1_GettyImages-1496208812.jpg

     

    images
  • सम्बन्धित विषय:

  • # messi
  • # football
  • # Davidbeckham

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology