Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

सेनाद्वारा रुकुममा भेटिएका १२ वटा बम डिस्पोज

सेनाद्वारा रुकुममा भेटिएका १२ वटा बम डिस्पोज

images
  • समाचार
  • जेठ २४, २०८० बुधवार ०६:४५ बजे
  • 364
    SHARES
  • images

     

     जेठ २३ गते । मंगलबार दिउँसो रुकुम पश्चिममा  भेटिएका बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।  मुसीकोट नगरपालिका वडा नम्वर ७ र ८ को सिमाना पर्ने त्रिसिङमा फेला परेका बम रुकुम पश्चिममा रहेको नेपाली सेनाको चण्डिदल गण सल्लेको टोलीले डिस्पोज गरेको हो ।  

    ११ वटा रेडबुलको बट्टा र एउटा रबरको ग्यालेनमा राखिएको बम  उप सेनानी दुर्गा केसीको नेतृत्वमा गएको टोलीले  डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । 

    मंगलबार दिउँसो स्थानीयले बम रहेको सूचना प्रहरी चौकी झुल्खेतमा दिएका थिए । 

    नायब उप रीक्षक भट्टराईका अनुसार ती बमहरु केही वर्ष पहिला नै फालिएको हुनसक्ने आँकलन गरिएको छ । बम राखिएको प्लाष्टिकको बोरा नै गलेपछि बमका बट्टाहरु बाहिर निस्किएका थिए । 

    images
  • सम्बन्धित विषय:

  • # Bomb ispose
  • # Nepal rmy
  • # Rukum

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology