Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

राष्ट्रपति पौडेलद्वारा राष्ट्रपति भवनमा युगकवि सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

राष्ट्रपति पौडेलद्वारा राष्ट्रपति भवनमा युगकवि सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

images
  • समाचार
  • जेठ २२, २०८० सोमवार २०:४७ बजे
  • 430
    SHARES
  • images

    जेठ २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा. जयराज आचार्यलाई  प्रदान गर्नुभएको छ ।

    युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औँ जन्मजयन्तीका अवसरमा आज (सोमबार) राष्ट्रपति भवनमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले भाषा, साहित्य र कूटनीतिको क्षेत्रमा योगदान पुर्‍याएबापत डा. आचार्यलाई सो पुरस्कार प्रदान गर्नुभएको हो । सो पुरस्कारको राशि एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।

    यसैगरी, राष्ट्रपति पौडेलले 525BAFEC-8ED0-4DCB-812F-8A562626B453.jpegयस वर्षको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार चेतनाथ धमलालाई प्रदान गर्नुभयो । सो पुरस्कारको राशि २५ हजार नगदसहित सम्मानपत्र रहेको छ । कार्यक्रममा राष्ट्रपति पौडेलले प्रतिष्ठानमा कार्यरत जनक खड्कालाई कदरपत्र प्रदान गर्नुभयो ।

    कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइँला, संरक्षक रविचरण श्रेष्ठ, पुरस्कृत व्यक्तित्व आचार्य, प्रा.डा. मोहन  लोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो ।

     

    images
  • सम्बन्धित विषय:

  • # वैरागी काइँला

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology