Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

राष्ट्रपति पौडेल आजै नेपाल फर्कने तयारी

राष्ट्रपति पौडेल आजै नेपाल फर्कने तयारी

images
  • समाचार
  • बैशाख १७, २०८० आइतवार १२:२७ बजे
  • 808
    SHARES
  • images

     

    नयाँदिल्ली — स्वास्थ्य उपचारका लागि आएका राष्ट्रपति रामचन्द्र पौडेल आइतबार स्वदेश फर्किने भएका छन् । नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)मा उनको उपचार हुँदै थियो । स्वास्थ्यमा क्रमिक सुधार भएपछि एम्स अस्पतालले उनलाई आइतबार डिस्चार्ज गरेको हो । 

     

     

     

     

    बेलुकी साढे ८ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट राष्ट्रपति पौडेल र उनीसँग आएको टोली फर्किने तयारी छ । राष्ट्रपतिका छोरा चिन्तन पौडेलले स्वास्थ्यमा सुधार हुँदै गएपछि चिकित्सकहरूको सल्लाहमा फर्किने निर्णय भएको बताए । ‘चिकित्सकहरूले कम्तीमा थप ३ साता आइसोलेसनसहितको पूर्ण आरामको सुझाव दिएका छन्,’ उनले भने ।

    राष्ट्रपति पौडेलको छातीमा पानी जम्ने समस्या देखिएको र त्यसको उपचार काठमाडौंको शिक्षण अस्पतालमा हुँदै आएको थियो । राष्ट्रपति पौडेललाई वैशाख ६ गते उपचारका लागि भारत ल्याइएको थियो । गत बुधबार बिहान नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गरेलगत्तै भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख अनुराग श्रीवास्तवले रिसिभ गरेका थिए । उनलाई उच्च सुरक्षासहित एम्स पुर्‍याइएको थियो ।

     

    उनको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको थियो 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology