१० असार,
रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ ।
मौलापुर नगरपालिकाको बिहीबारको नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ ।
नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि थिए ।




