Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना

images
  • समाचार
  • बैशाख ५, २०८० मंगलवार १९:०१ बजे
  • 532
    SHARES
  • images

     

    वैशाख ५ गते।स्वास्थ्यमा समस्या आएपछि  राष्ट्रपति रामचन्द्र पौडेलको  मङ्गलबार महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ।

    श्वासप्रश्वासमा समस्या देखिएपछि  उपचारत राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी अस्पतालले दिएको छ।

    सुरुमा पेटमा र पछि छातीमा समस्या देखिएपछि उहाँ निरन्तर चिकित्सकको निगरानीमा हुनुहुन्छ। उहाँको फोक्सोको तल्लो भागको पानी झिकेर परीक्षणका लागि पठाइएको छ।  

    यसअघि राष्ट्रपति पौडेल चैत १८ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारार्थ भर्ना हुनुभएर चैत २२ गते डिस्चार्ज हुनुभएको थियो ।  सोमबार (हिजो) छातीमा समस्या देखिएपछि राष्ट्रपति  पौडेल स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नुभएको थियो । 

    images
  • सम्बन्धित विषय:

  • # ramchandra paudel

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology