Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

हुमलाल र राजपुरा इलाम–माइपोखरी म्याराथनमा विजयी

हुमलाल र राजपुरा इलाम–माइपोखरी म्याराथनमा विजयी

images
  • खेलकुद
  • बैशाख १, २०८० शुक्रवार १७:१२ बजे
  • 850
    SHARES
  • images

    ईलाम, वैशाख १ गते । शुक्रबार भएको इलाम–माइपोखरी म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हुमलाल श्रेष्ठ र महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई विजयी हुनुभएको छ । ४२ दशमलव दुई किलोमिटर दूरी दुई घण्टा ५८ मिनेट १६ सेकेन्डमा पार गर्दै आर्मीका श्रेष्ठ प्रथम हुनुभएको हो । 

    यस्तै, पुलिसकी पछाई २१ दशमलव १ किलोमिटरको दूरी एक घण्टा ४७ मिनेट ४५ सेकेन्डमा पार गर्दै महिलातर्फ प्रथम हुनुभएको छ । प्रथम हुने आर्मीका श्रेष्ठले दुई लाख ५० हजार रुपियाँ र महिलातर्फ प्रथम हुने पुलिसकी पछाईले नगद एक लाख रुपियाँ हात पार्नुभएको छ । 

    म्याराथनमा पुरुषतर्फ आर्मीकै मोहनदेव जोशी दोस्रो र आर्मीकै बेद सुनुवार तेस्रो हुनुभएको थियो । जोशीले तीन घण्टा पाँच मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गर्नुभएको थियो ।  जोशीले एक लाख ५० हजार नगद हात पार्नुभयो । तेस्रो हुने सुनुवारले तीन घण्टा पाँच मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दै एक लाख नगद पुरस्कार प्राप्त गर्नुभयो ।

    पुरुषतर्फ ९७ धावक सहभागी भएका थिए ।  महिलातर्फ सशस्त्र प्रहरीको एपीएफकी पुष्पा भण्डारी दोस्रो हुनुभयो । भण्डारीले एक घन्टा ५८ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गर्दै नगद ५० हजार पुरस्कार पाउनुभयो । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने एक घन्टा ५९ मिनेट १९ सेकेन्डमा दूरी पार गर्दै तेस्रो हुनुभयो । न्यौपानेले नगद ३५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।  महिलातर्फ २७ धावक सहभागी थिए । पुरुष म्याराथनको दूरी पार गर्न चार घन्टा १० मिनेट निर्धारण गरिएको थियो भने महिलाका लागि दुई घण्टा पाँच मिनेट समय निर्धारण गरिएको थियो ।

    पुरुषतर्फ मेची राजमार्गमा पर्ने इलाम नगरपालिका –१० स्थित नारायण चोकबाट सन्दकपुर गाउँपालिकाको सातखाल्डे धावन मार्ग तय गरिएको थियो । धावकहरु नारायण चोकबाट शिलपुर, माइखोला राजदुवाली, इलाम जिरोकिलोमिटर, धोबीधारा, विल्याँटे हुँदै माइपोखरी सडक भएर सातखाल्डे पुगेका थिए । 

    महिलातर्फ इलामको ठूलो टुँडीखेलबाट माइपोखरी हुँदै सातखाल्डेसम्मको धावन मार्ग तय गरिएको आयोजक ईलाम नगरपालिकाले जनाएको छ । प्रतियोगिताको आयोजना ईलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दुल गण ईलामले संयुक्त रुपमा गरेका थिए । 

    images

    सत्य नेपाल न्युज

    This is Test

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology