Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

 अभिनेता राजेश हमाल सहित ४५ जना कलाकार विभूषित

 अभिनेता राजेश हमाल सहित ४५ जना कलाकार विभूषित

images
  • समाचार
  • बैशाख १, २०८० शुक्रवार १७:०४ बजे
  • 709
    SHARES
  • images

     

    वैशाख १ गते । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललेअभिनेता राजेश हमाल, नीर शाह, दीपकराज गिरीसहित ४५ जना कलाकारलाई नयाँ वर्षको अवसरमा शुक्रबार मानपदवी, अलङ्कार र पदक प्रदान गर्नुभएको छ ।  नीर शाह सहित मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल र नन्दकृष्ण जोशीले सुकीर्तिमय राष्ट्रदीप विभूषण ग्रहण गर्नुभयो । यस्तै, दीपकराज गिरी, शम्भु राई, प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, आलोकश्री , दीपक जङ्गम, आनन्द कार्की, अर्जुन श्रेष्ठ, ज्ञानु राणा, निरुता सिंह, चेतन सापकोटा, विराज भट्ट  दयाहाङ राई र सत्यकला राईले सुप्रबल जनसेवाश्री प्राप्त गरे ।मिलन मोक्तान, धर्मराज उपाध्याय, सीताराम पोखरेल, जीतबहादुर देउजा र निर्मल शर्माले प्रबल जनसेवाश्री पदक ग्रहण गर्नुभयो ।  प्रदीप खड्का,सुनीता दुलाल, कमल सुनार, सन्तोष श्रेष्ठ, दीपक शर्मा, माधवराज खरेल, शिवराम विक, रमेश कोइराला, सनम कठायत, कुमार बस्नेत विक्रान्त, कुलमान नेपाली, मनोहर सुनाम परियार, डिल्लीनारायण पाण्डे, सुरेशकुमार नेपाल परियार (यशकुमार), सानुकान्छा शाहीले जनसेवाश्री प्राप्त गर्नुभयो ।

    यसैगरी इन्द्रबहादुर खत्री, प्रभाकर शर्मा, कृष्णबहादुर विक, नवीन पौडेल र किरण गजमेरले नेपाल सेवा प्रवीण प्राप्त गर्नुभएको हो । 

    images
  • सम्बन्धित विषय:

  • # pradeepkhadka
  • # rajesh hamal
  • # deepakraj giri

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology