Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

भाइरल भएकी सन्तोषी सुब्बाको हत्या आराेपी पक्राउ

भाइरल भएकी सन्तोषी सुब्बाको हत्या आराेपी पक्राउ

images
  • समाचार
  • आषाढ १०, २०७८ बिहिवार १३:४८ बजे
  • 982
    SHARES
  • images

    काठमाडौं,

    विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको हत्या गर्ने  आराेपी पक्राउ परेका छन् ।

    मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका -७ दक्षिणकाली मंदिर स्मितास पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

    प्रहरीले सन्तोषीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल दक्षिणकाली नगरपािलका -७ का २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको छ ।

    सुब्बाको बलात्कार प्रयासपछि हत्या गरिएको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएकाे छ ।

    सिन्धुपाल्चोक चौतारा घर भइ दक्षिणकाली बल्दै आएकी सन्तोषीलाई असार ६ गते तिमल्सिनाले बलत्कार प्रयास गरेका थिए ।

    अनुसन्धानको क्रममा सन्तोषीले सुरेशसँग खान र बस्न समस्या भएको बताएपछि सुरेशले आफू काम गर्ने बसमा मिलाइदिने भनेर घटनास्थलतर्फ लगेका थिए ।

    त्यस लगेर जबरजस्ति गर्ने क्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचेर मृतककै सलले बेरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    हत्यापछि पछि अनुहारमा ढुंगाले प्रहार गरेको पनि प्रहरीको भनाइ छ । हत्या गरी भागेका सुरेशलाई प्रहरीले कमलाक्षी इनबहालबाट पक्राउ गरेको हाे ।

    images
  • सम्बन्धित विषय:

  • # सन्तोषी सुब्बा

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology