चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले दिएको अल्पकालीन आदेश खारेज भएको छ । न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा भएको सुनुवाइमा अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । यो सँगै ‘प्रसाद २’ चलचित्रको प्रदर्शन गर्ने बाटो खुलेको छ ।