Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

गण्डकी प्रदेशका जिल्लामा घुम्ती चलचित्र कार्यक्रम

गण्डकी प्रदेशका जिल्लामा घुम्ती चलचित्र कार्यक्रम

images
  • 196
    SHARES
  • images

     

     चलचित्र विकास बोर्डले दोस्रो चरणमा गण्डकी प्रदेशका जिल्ला गोरखा, लमजुङ, कास्की, पर्वत र बागलुङमा घुम्ती चलचित्र तथा चलचित्र साक्षरता अभियान कार्यक्रम सञ्चालन गरेको छ । ती जिल्लाका चलचित्र भवनहरू नभएका क्षेत्रमा विद्यालयको भवन, सामुदायिक भवन, क्लब एवं खुला स्थानमा चलचित्र प्रदर्शन गरिएको थियो ।

    कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थिति थियो । विद्यालयबाहेकका अन्य स्थानमा स्थानीयवासी, समाजसेवी, जनप्रतिनिधि, व्यवसायी, राष्ट्रसेवक कर्मचारीलगायतको बाक्लो उपस्थितिमा चलचित्र प्रदर्शन गरी चलचित्र हेर्न प्रोत्साहन गर्नेलगायतका विषयमा छलफलसमेत गरिएको थियो । चलचित्र हेरेका दर्शक, विद्यार्थी, शिक्षक, अभिभावकले चलचित्रले मनोरञ्जन मात्र प्रदान नगरी समाज रूपान्तरण, सामाजिक चेतना, शिक्षा र सन्देश प्रवाह गर्ने माध्यमसमेत रहेको प्रतिक्रिया दिनुभएको थियो ।

    images
  • सम्बन्धित विषय:

  • # pokhara

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology