Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

चितुवाले जङ्गलमा आमाछोरीलाई नै घेरेपछि....

चितुवाले जङ्गलमा आमाछोरीलाई नै घेरेपछि....

images
  • समाचार
  • चैत्र २६, २०७९ आइतवार १८:२३ बजे
  • 250
    SHARES
  • images

     

    कैलालीमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका छन् ।

    घोडाघोडी नगरपालिका –२ साँडेपानीका जनकला शाही र उहाँकी छोरी भूमिका शाही आइतबार सेउला सोहोर्न नजिकै रहेको चिडिया ताल सामुदायिक वनमा जानुभएको  थियो । 

    सेउलाको भारी बनाउँदै गर्दा एक्कासि चितुवा देखेपछि जनकलाले हतारहतार छोरीलाई आफूतिर तानेर नजिकै रहेको रुखमा चढेको बताउनुभयो । जनकलाले कापीरहेको स्वरमा भन्नुभयो ‘‘छोरीले मम्मी बाघ आयो भन्दाभन्दै नजिकै आउन लाग्यो, हतारहतार छोरीलाई तानेर नजिकै रुखमा चढाएँ अनि म पनि चढेँ, रुखबाट अर्को पनि डाँडाबाट आउन लागेको देखेँ ।’’

    दुईवटा चितुवा आफ्नो नजिकै आउँदै गरेको देखेपछि अत्तालिँदै जनकलाले १०० मा फोन लगाउनुभयो । त्यहाँबाट इलाका प्रहरी कार्यालय सुखडको नम्बर पाएपछि प्रहरीलाई फोन गरी बोलाएको उहाँले बताउनुभयो । 

    करिब एक किलो मिटर दूरीमा प्रहरी कार्यालय रहेकाले खबर पाउनासाथ प्रहरी पुगेको थियो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी वीरेन्द्र विकले ‘बाघले हामीलाई घेर्‍यो हामीलाई बचाउनुस्’ भन्दै अतालिँदै फोन आएपछि आफूहरू पाँच/छ मिनेटमा जङ्गलमा पुगेको बताउनुभयो । प्रहरी टोली साइरन बजाउँदै जङ्गल पुगेपछि चितुवा भागेको थियो । 

    चिडिया ताल सामुदायिक वन महेन्द्र राजमार्गसँग जोडिएको सुखड बजार नजिकै छ । स्थानीयहरू रुखबाट झरेको स्याउला मलको रूपमा प्रयोग गर्न गर्मी समयमा जङ्गल जाने गर्दछन् ।  

    प्रमुख डिएसपी विकले एक्लै सामुदायिक वनमा घाँस, स्याउला लिन नजान आग्रह गर्नुभयो । उहाँले स्थानीयलाई यतिखेर वनजङ्गलमा जङ्गली जनावरको आवतजावत बढेको बताउँदै सजकता अपनाउन अनुरोध गर्नुभयो । जनकलाले चलाखी अपनाउँदै रुखमा चढेर तत्काल फोन गरेकाले उहाँको उद्धार भएको बताउँदै कुनै आपत् विपत् परे प्रहरीलाई खबर गर्न समेत उहाँले आह्वान गर्नुभयो । 

    समयमै प्रहरीलाई खबर भएकाले पनि जनकला र भूमिका ठुलो दुर्घटनाबाट बच्नु भएको छ । जनकलाले समयमै प्रहरी पुगेर ज्यान जोगाएकोमा प्रहरीलाई धन्यवाद दिनुभयो ।   NEWS CURTESY : GORKHAPATRA / Chandani Acharya 

    images
  • सम्बन्धित विषय:

  • # tiger
  • # leopard

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology