कर्णाली सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ। आइतबार एमालेका तीन जना मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा बुझाउनु भएको हो।
आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र वन, वातावरण तथा पर्यटनमन्त्री जितबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष आइतबार राजीनामा दिनुभएको हो।
अब फेरि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ भने कांग्रेस सरकारमा सहभागी हुने बाटो खुलेको छ। कांग्रेस र माओवादी मिल्दा सुविधानजनक बहुमत हुने भएकाले एमाले सरकारबाट बाहिरिँदैमा मुख्यमन्त्री शर्मालाई कुनै अप्ठ्यारो नपर्ने देखिन्छ।




