Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

फिल्म 'बिहे पास' को शीर्ष गीत 'मायाको बिहे पास' सार्वजनिक

फिल्म 'बिहे पास' को शीर्ष गीत 'मायाको बिहे पास' सार्वजनिक

images
  • 274
    SHARES
  • images
    चैत २४ गते । बुढा सुब्बा डिजिटल युट्युब च्यानलमार्फत दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत फिल्म 'बिहे पास'को शीर्ष गीत सार्वजनिक भएको छ । 

    गीतमा प्रताप दासको स्वर, विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको सङ्गीत छ । गीतको सम्पादन र भिएफएक्स समीर मियाँले गर्नुभएको हो । 

    प्रवेश पौडेलको निर्देशनमा बनेको फिल्ममा दयाहाङ र प्रकृतिसँगै रवीन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रूषा न्यौपाने, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नवीन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायत कलाकारको अभिनय छ ।

    रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माता हुनुहुन्छ । शिव ढकालले छायाङ्कन गर्नुभएको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गर्नुभएको हो ।

    फिल्म वैशाख १ गतेबाट प्रदर्शन हुने तयारीमा छ । 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology