Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

शोविसन किरण स्मृति फाउन्डेसनबाट बालगृहमा सहयोग

शोविसन किरण स्मृति फाउन्डेसनबाट बालगृहमा सहयोग

images
  • समाचार
  • चैत्र २४, २०७९ शुक्रवार ०६:४० बजे
  • 574
    SHARES
  • images

    शोविसन किरण स्मृति फाउन्डेसनले आफ्नो आठौं पुण्यतिथीको अवसरमा सैनामैना-१ बनकट्टामा रहेको नेपाल बालगृहमा सहयोग रकम हस्तान्तरण गरेर मनाएको छ । २०७२ साल चैत २०/२१ गते एक दिनको फरकमा एकैपटक २ जना छोराहरु गुमाएका हास्यकलाकार " माइला बा " ले आफ्नो छोरा पोलिएर गुमाउनु परेको पिडाले गर्दा आगामी दिनमा त्यस्तो कुनै दुर्घटना कसैलाइ परेमा एउटा वर्न स्वास्थ चिकित्सालय बनाउन सके समयमै उपचार पाएर कसैले अकालमा ज्यान गुमाउन नपरोस भन्ने हेतुले यो फाउन्डेसन स्थापना गरेको र फाउन्डेसनमा सबैको साथ , सपोर्ट र समर्थन भए असम्भव नरहेको कुरा बताए । फाउन्डेसन स्थापना गर्दा राजेस हमाल सहित कलाकारिताको क्षेत्रमा आवद्ध रहेका बिशिस्ट अतिथि र बाक्लो कलाकारहरुको सहयोग र उपस्थितिमा यस फाउन्डेसनको औपचारिक रूपमा उद्घाटन गरिएको थियो । 

     

    फाउन्डेसन ले शोविसन/ किरण को पुण्य तिथिमा हरेक बर्ष विभिन्न आश्रम हरुमा खाध्यान्न वितरण , आर्थिक सहयोग , रक्तदान कार्यक्रम साथै अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । कोभिडको समयमा पनि सामाजिक दुरि कायम राख्दै तिलोत्तमा नगरपालिका सङ्ग समन्वय र हातेमालो गर्दै - विपन्न र समस्या परेका ब्यक्तिहरुलाइ मास्क , सेनिटाइजर र रकम सहयोग गरेको थियो ।

     

    आज फाउन्डेसनले आठौं स्मृति पुण्य तिथिको दिन पनि नेपाल बालगृह सैनामैनामा एक कार्यक्रमका बिच रकम सहयोग हस्तान्तरण गरेको छ । फाउन्डेसनका संरक्षक श्री बिष्णु जि पान्डेय ( माइला बा ) सङ्गै श्री धनबहादुर गुरुङ्ग ज्युको अध्यक्षतामा , कार्यक्रम संचालक श्री प्रदिप जि सि ले कार्यक्रम सन्चालन गरेका हुन । फाउन्डेसन सल्लाहकार टंक प्र गैरे , बालगृह संरक्षक तिलक शाही , रा लो दो गित प्रतिस्ठान केन्द्रीय स - सचिव सीता राना , प्रतिस्ठान भु पु प्रथम उपाध्यक्ष दिपक कार्की लगाए अतिथिहरुको बाक्लो उपस्थितिमा कार्यक्रम प्रमुख लोकदोहोरी प्रतिस्ठान केन्द्रिय सल्लाहकार एवम बुटवल उध्योग वाणिज्य संघ का निवर्तमान अध्यक्ष श्री खेम हमालको प्रमुख आतिथ्यमा कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो । 

              -

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology