Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मन्थलीमा बोलेरो दुर्घटना : चारको मृत्यु, ११ घाइते

मन्थलीमा बोलेरो दुर्घटना : चारको मृत्यु, ११ घाइते

images
  • समाचार
  • चैत्र २३, २०७९ बिहिवार १९:२९ बजे
  • 235
    SHARES
  • images

    accident-sign-banner-template-design-adbd6cff401aae1d224b8aa2c139a36a_screen.jpg

     

    चैत २३ गते । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । 

    सदरमुकाम मन्थलीबाट १५ जना यात्रु बोकेर मन्थली नगरपालिका वडा नं ७ बटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बको बोलेरो कौछिनी स्थित मगर टोलमा दुर्घटना हुँदा घटना स्थलमै चार जनाको ज्यान गएको स्थानीय बलबहादुर तामाङले जानकारी दिनुभयो । 

    स्थानीयका अनुसार दुर्घटना मा ११ जना घाइते भएका छन् । मृतकको पहिचान भइसकेको छैन भने घाइतेलाई उपचारका लागि सदरमुकाम मन्थली ल्याइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

     

     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology