Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

 ‘आरआरआर’को जापानमा नयाँ रेकर्ड कायम 

 ‘आरआरआर’को जापानमा नयाँ रेकर्ड कायम 

images
  • 235
    SHARES
  • images

    मुम्बईजापानमा एसएस राजामौलीको सुपरहिट फिल्म ‘आरआरआर’ले नयाँ रेकर्ड कायम गरेको छ ।

    जापानको थिएटरमा राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र अजय देवगन स्टारर फिल्मले  १ मिलियन बढी फूटफल दर्ता गर्ने पहिलो भारतीय फिल्मको रेकर्ड बनाएको हो ।‘आरआरआर’ जापानको ४४ शहरका २०९ स्क्रिनसहित ३१ आइमेक्स स्क्रिनमा रिलिज गरिएको थियो ।

    ‘आरआरआर’ फिल्म जापानमा १० लाख पटक देखाइएको छ । फिल्मका निर्देशक राजामौलीले आफ्नो ट्वीटर एकाउण्टमा जापानको दर्शकप्रति जापानी भाषामा नै आभार व्यक्त गरेका छन् । rrr.jpg

    ‘आरआरआर’ ले जापानमा हालसम्म ८० करोड रुपैयाँ बढी कमाई गरेको छ । यसले जापानमा सय करोड क्लब पार गर्ने व्यापार विश्लेषकको अनुमान छ । फिल्मले गत जनवरीमा जापानमा सय दिन पुरा गरेका थियो ।

    images
  • सम्बन्धित विषय:

  • # bollywood
  • # rrr

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology