Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आर्मी र WWBA लाई ह्वीलचेयर बास्केटबल उपाधि

आर्मी र WWBA लाई ह्वीलचेयर बास्केटबल उपाधि

images
  • खेलकुद
  • चैत्र २३, २०७९ बिहिवार १८:३९ बजे
  • 991
    SHARES
  • images

     

    पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलामा ओमेन ह्वीलचेयर बास्केटबल एसोसियसन (डब्लुडब्लुबिए) ले इन्टरभ्याली ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    बिहीबार राखेप कभर्डहल कोर्टमा  भएको फाइनलमा आर्मीले जावलाखेल ह्वीलचेयर स्पोर्टस् क्लबलाई ४४-३३ अंकले हरायो । बुद्धिसरा इन एक्सन तेस्रो भयो । आर्मीका रमेश खत्री प्रतियोगितामामोस्ट भ्यालुएबल खेलाडी घोषित हुनुभयो ।

     

    महिलाको ह्वीलचेयर बास्केटबल फाइनलमा डब्लुडब्लुबिएले आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एसोसिएसनलाई १९-२ अंकले हरायो । महिलामा रनजी चामलिङ्ग राई मोस्ट भ्यालुएबल खेलाडी बन्नुभयो ।

    ह्वीलचेयर स्पोर्टस् एसोसिएसन तेस्रो भयो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीले क्रमश: ४० हजार, ३० हजार र २५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।

     

    images
  • सम्बन्धित विषय:

  • # basketball

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology