चैत २२ गते। कोशी प्रदेश नामकरणको सम्बन्धमा नेकपा (माओवादी केन्द्र) ले पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामाबुधबार बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी निर्णयबारे जानकारी दिनुहुँदै नामकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताउनुभयो।
महराले माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिनुभयो।आन्दोलनको क्रममा निधन भएकालाई शहीद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उहाँले बताउनुभयो।
महराले भन्नुभयो, ‘‘बैठकले तीन वटा निर्णयहरु गरेको छ। एउटा, पूर्वमा कोशी प्रदेश नामाकरण भयो। त्यस विषयमा आन्दोलन उठिरहेको छ। त्यसमा हाम्रो पार्टीप्रति के हो अडान भन्ने प्रश्न उठेको पाइयो। हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ। पहिचानकै पक्षमा अडान राख्नुपथ्र्यो त्यतिखेर अलिकति कमजोरी भएको छ। अब प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौँ भन्ने कुरा राख्ने भएका छौं। आन्दोलनको क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्ने, राहत दिने विषयमा पनि सरकारसँग माग गर्ने कुरा भएको छ।’’




