Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

विपक्षी गठबन्धनको बैठक देउवा निवासमा

विपक्षी गठबन्धनको बैठक देउवा निवासमा

images
  • समाचार
  • आषाढ ९, २०७८ बुधवार १८:४५ बजे
  • 1.5K
    SHARES
  • images

    sher 2.jpgकाठमाडौं,

    विपक्षी गठबन्धनको बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुरू भएको छ ।

    सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार बदर गरेपछिको राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित छन् ।

    बैठकमा गण्डकी प्रदेश मन्त्रिपरिषद्मा कार्यविभाजनमा देखिएको समस्या समाधन गर्ने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ । विपक्षी गठबन्धनमा रहेका दलहरुबीच गठबन्धन कसिलो बनाउँदै लैजाने र नियमित संवाद जारी राख्ने सहमति यसअघि नै भइसकेको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology