Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

रवी लामिछानेलाई चार मुद्दा, के हुन्छ उम्मेदवारी

रवी लामिछानेलाई चार मुद्दा, के हुन्छ उम्मेदवारी

images
  • समाचार
  • चैत्र २१, २०७९ मंगलवार १७:०९ बजे
  • 1.1K
    SHARES
  • images

    चितवन–२ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारीका विरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा चार वटा उजुरी दर्ता भएका छन्। 

     

    सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यकाअनुसार तीन उजुरी उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले दिएका हुन्। एउटा उजुरी इमेलमार्फत् प्राप्त भएको उनले बताए। 

     

    सिन्धुली घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने युवराज पौडेल(सफल)ले इमेलमार्फत् उजुरी पठाएको आचार्यले बताए।

     

    उनले उजुरीमा विदेशको नागरिकता त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यथित नभई निर्वाचनमा उम्मेदवार हुन नमिल्ने उल्लेख गरेका छन्।

     

    लामिछानेले गत माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुन:प्राप्ति गरेका थिए।

     

    उजुरीमा लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको कुरा अमेरिकी सरकार वा अमेरिकी राजदूतावासले प्रामाणित गरेको निस्सा पेस नगरी नेपाली नागरिकता लिने र दिने कार्य भएको दाबी गरेका छन्।

     

    उनले सर्वोच्च अदालतको आदेश बमोजिम निस्सा पेश भएको हो/होइन यकिन गरेरमात्रै लामिछाने उम्मेदवार बन्न सक्ने जिकिर गरेका छन्। निस्सा पेश गरेको नदेखिए उम्मेदवारी रद्द गर्नुपर्ने माग उनको छ। 

     

    स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले कार्यालयमै पुगेर उजुरी दिएका छन्।

     

    उनीहरूले लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको र नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर उजुरीमा गरेको आचार्यले बताए।  

     

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीको सम्बन्धमा सम्बन्धित उम्मेदवारसँग स्पष्टीकरण सोधेर निर्वाचन आयोगमा पठाउने बताएको छ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology