Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रतिनिधि सभा नियमावलीमा सहमति ,सभामुखको विशेषाधिकार कायमै

प्रतिनिधि सभा नियमावलीमा सहमति ,सभामुखको विशेषाधिकार कायमै

images
  • समाचार
  • चैत्र १९, २०७९ आइतवार ०७:०३ बजे
  • 310
    SHARES
  • images

    चैत १९ गते ।

    सत्तारूढ दलहरू सभामुखले गर्ने कामकारबाही कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुनुपर्ने संशोधन प्रस्तावबाट  पछि हटेपछि प्रतिनिधि सभा नियमावलीमा सहमति भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमाशनिबार भएको छलफलमा सभामुखले सदनका कामकारबाही कार्यव्यवस्था समितिको नियमित परामर्शका आधारमा गर्ने सहमति भएपछि नियमावलीको गाँठो फुकेको हो । सत्तारूढ दलबाट सभामुखको कामकारबाही समितिको निर्णयबाट मात्र हुनुपर्ने संशोधन दर्ता भएपछि नियमावली पारितको प्रक्रिया रोकिएको थियो । सत्तारूढ दलको प्रस्तावले सभामुखको विशेषाधिकारमा समेत अङ्कुश लाग्न लागेको भन्दै विपक्षी दल र पूर्वसभामुखहरूले समेत आपत्ति जनाएका थिए ।नियमावली पारितको प्रक्रिया  संसदीय मान्यता र स्थापित अभ्यास विपरीत अधिकार कटौतीको प्रस्ताव भएको भन्दै रोकिएको थियो । दलीय सहमतिसँगै आइतबारको बैठकमा नियमावली पारित गर्ने सहमति भएको छ । 

     

    images
  • सम्बन्धित विषय:

  • # uml
  • # #nepalicongress

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology