१५/१५ दिनमा आईओसीले नयाँ मूल्य पठाउने गर्छ । शनिबार सार्वजनिक बिदा परेकाले मूल्य घटेर आए पनि निगमले मूल्य यथावत् राखेको जनाएको छ तर मूल्य घटाउने तयारी भने निगमले गरेको जनाइएको छ ।
पेट्रोलियम पदार्थ खरिदबापत निगमले पछिल्लो समय आईओसी र सरकारको ऋण गरेर १६ अर्ब बक्यौता तिर्नुपर्ने थियो । नेपाल आयल निगम हाल नाफामा रहेका कारण उक्त बक्यौता घटेर १२ अर्ब हाराहारीमा आइपुगेको छ ।




