Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेता डा. भीम रावलसँग संवाद गर्न टोली गठन

नेता डा. भीम रावलसँग संवाद गर्न टोली गठन

images
  • समाचार
  • चैत्र १८, २०७९ शनिवार १९:५४ बजे
  • 370
    SHARES
  • images
    पार्टीका नेता डा. भीमबहादुर रावलसँग संवाद गर्न  नेकपा (एमाले) ले तीन सदस्यीय संवाद टोली गठन गरेको छ ।  एमाले का  पूर्व उपाध्यक्ष रावल पछिल्लो समय पार्टी गतिविधिबाट असन्तुष्ट रहँदै पार्टीको विधि र विधान विपरीत गतिविधि गरिरहेको निष्कर्ष निकाल्दै संवादका लागि पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय संवाद टोली गठन गरिएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । टोलीमा पार्टी सचिव एवम् सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य रहनु भएको छ ।

    संवादपछि नेता रावल सच्चिएर आएमा उचित जिम्मेवारी दिइने एमालेले जनाएको छ । यद्यपि नेता रावलले आफू पार्टीको हितमै काम गरिरहेको दाबी गर्दैआउनुभएको छ । नेता रावल पार्टीको हित विपरीत कदम चालेकाले संवादगरी आवश्यक निर्णय लिन संवाद टोली गठन गर्नुपरेको उपमहासचिव एवम् प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो ।

    हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि नेता रावलले  पार्टीलाई सहयोग नगरेको स्थानीय पार्टी नेता तथा कार्यकर्ताहरूको गुनासो आएपछि एमालेले त्यसबारे वार्ता गर्न उच्चस्तरीय टोली नै गठन गरेको जनाएको छ । 

     

    images
  • सम्बन्धित विषय:

  • # uml
  • # bhim rawal
  • # kp oli
  • # MADHAV NEPAL

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology