
काठमाडौं,
आन्तरिक हवाइ उडान असार १७ गतेदेखि संचालन गर्न दिने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ।
बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर यस्तो जानकारी गराए ।
तर, उडानका लागि खुला गरिएका गन्तव्यहरुको विवरण भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राप्त भएपछि पत्राचार गरिने जनाइएको छ। सोमवार मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो ।




