गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अब झरनाको ‘चिसो पानी’ गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन् ।गीतलाई सगरमाथा डिजिटल प्रा लिले रिमेक गरेको हो । गीतमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिनुभएको छ । निरजकुमार सुनारको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन योगेस काजी शाहले गर्नुभएको छ ।