चैत १८ गते ।आगामी वैशाख १० गते हुने चितवन क्षेत्र २ र तनहुँ क्षेत्र १ को उपनिर्वाचनका लागि नेकपा (एमाले) ले उम्मेदवार चयन गरेको छ । शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । चितवन क्षेत्र २ को उपनिर्वाचनमा रामप्रसाद न्यौपाने र तनहुँ क्षेत्र १ को उपनिर्वाचनमा सर्बेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बारा क्षेत्र २ को उपनिर्वाचनका लागि भने भोलि आइतबार मात्र उम्मेदवार तय गर्ने एमालेले जनाएको छ ।




