Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

थ्री नेसन्स कपको उपाधि नेपाललाई

थ्री नेसन्स कपको उपाधि नेपाललाई

images
  • समाचार
  • चैत्र १७, २०७९ शुक्रवार २१:१९ बजे
  • 577
    SHARES
  • images

     

    दशरथ रङ्गशालामा दोस्रो हाफको ८७ मिनेटमा नेपालले निर्णायक गोल गरेको हो । खेलको सुरुवाती अग्रता लाओसले लिएको भए पनि नेपालले घरेलु मैदानमा उपाधि रक्षा गरेको हो । 

    नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गर्नुभयो। लाओसका लागि खेलको १७ औं मिनेटमा  फोउचाङभोङ साङ्भिले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो । 

    नेपालका आयुष घलानले  खेलको २४ औं मिनेटमा बराबरी गोल फर्काउनु भएको  थियो। एरिक विष्टको पासमा आयुषले गोल गर्नुभएको हो । लाओसविरुद्ध खेलको ८७ औं मिनेटमा  उपाधि रक्षाका लागि अन्जन विष्टको पासमा मनिष डाँगीले नेपालका लागि गोल गर्नुभएको हो । 

    थ्री नेसन्स कप फुटबल प्रतियोगिताको विजेता नेपालले पाँच हजार अमेरिकी डलर र दोस्रो हुने लाओसले तीन हजार डलर पुरस्कार पाएका छन्।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजेता र उपविजेतालाई ट्रफी र पुरस्कार प्रदान गर्नुभएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # #football

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology