चैत १७ गते। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ। नवनियुक्त मन्त्रीले राष्ट्रपति समक्ष मन्त्रीकाे पद तथा गोपनीयताको शपथ लिनुभए सँगै मन्त्रिपरिषद्को सङ्ख्या १७ पुगेको छ। नेपालको संविधान अनुसार सङ्घीय सरकारको मन्त्रिपरिषद् २५ सदस्यीय हुने भएकोले अब आठ सदस्य मन्त्री थप्न सकिने छ। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट उपप्रधानमन्त्रीसहित चार सदस्यले मन्त्री पदको शपथ लिनुभएको छ। थप चार जनाको नाम सिफारिस हुन बाँकी छ।





