
९ असार, काठमाडौं,
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड माथि पुगेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड २८ हजार ७०९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ५० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।
यस्तै भारतमा अहिलेसम्म कोरोनाको संक्रमणको कारण ३ लाख ९० हजार ६६० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण १ हजार ३५८ जनाको मृत्यु भएको छ ।




