Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

शुक्रबार  मन्त्रिपरिषद् विस्तार हुने

शुक्रबार  मन्त्रिपरिषद् विस्तार हुने

images
  • समाचार
  • चैत्र १७, २०७९ शुक्रवार ०६:५४ बजे
  • 361
    SHARES
  • images
    चैत १७ गते । शुक्रबार  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई पूर्णता दिने हुनुभएको छ ।बिहीबार सत्ता गठबन्धनको बैठक  पटक–पटक बसेको थियो तर सहमतिमा ढिलाइका कारण मन्त्रीहरूको शपथग्रहण शुक्रबारका लागि तय गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

    बिहीबार बिहान र बेलुका गरी सरकारलाई पूर्णता दिनका लागि दुई पटक बैठक बसेको थियो तर प्रधानमन्त्री को  व्यस्तता र दलहरूको आन्तरिक तयारीका कारण मन्त्रिपरिषद् विस्तार शुक्रबारका लागि सारिएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड गठबन्धनको बैठक चलिरहेकै बेला  चितवनको कार्यक्रमा सहभागी हुन उता जानुभएको थियो भने यता दलहरूको पनि आन्तरिक तयारी पूरा भएको थिएन । बिहीबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार यी दुवै कारणले हुन नसकेको सचिवालयले जनाएको छ । 

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाका अनुसार शुक्रबार बिहान एक चरण बैठक बसेर मन्त्री र मन्त्रालय चयनको विषयलाई अन्तिम रूप दिइनेछ । त्यसपछि नयाँ मन्त्रीहरूको शपथग्रहण गराइनेछ ।

    images
  • सम्बन्धित विषय:

  • # prachanda

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology