Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

टुंगिएन कुन दललाई कुन मन्त्रालय,छलफलमा प्रधानमन्त्री

टुंगिएन कुन दललाई कुन मन्त्रालय,छलफलमा प्रधानमन्त्री

images
  • समाचार
  • चैत्र १६, २०७९ बिहिवार २१:०८ बजे
  • 229
    SHARES
  • images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको भागवण्डा मिलाउन

    गठबन्धन दलका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै छलफल गरिरहेका छन् ।

    नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ,जसपा अध्यक्ष उपेन्द्र यादव, नेता राजेन्द्र श्रेष्ठ,  लोसपा नेता शरदसिंह भण्डारीलगायत नेताहरु बाहिरिएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले अहिले बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफल गरिरहेका छन् । प्रचण्ड र देउवाबीच छलफल दलिरहेको बेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पुगेका छन् ।

    प्रधानमन्त्रीले  आज सरकारलाई पूर्णता दिनेगरी गृहकार्य अघि बढाएपनि दलहरुको अडानको कारणले सम्भावना न्यून बनेको छ ।  कुन मन्त्रालय कुन दललाई दिने भन्ने सहमति हुने सकेको छैन ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # prachanda

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology