इलाम, चैत १६ गते। पर्यटनका लागि साहित्य भन्ने नाराका साथ आगामी चैत २६ र २७ गते इलाममा ‘इलाम साहित्य महोत्सव’ आयोजना हुने भएको छ।
बिहीबार पत्रकार सम्मेलन गर्दै इलाम नगर साहित्य कला प्रतिष्ठानको र इलाम साहित्य समाजले महोत्सव मा नेपाल र भारतका डेढ सय साहित्यकारो सहभागिता रहने समाजका अध्यक्ष सुरेन्द्र राईले जानकारी दिनुभयो।
इलाम साहित्य महोत्सवमा नेपालका झापा, मोरङ, चितवन, हेटौंडा, काठमाडौं, पोखरालगायतका स्थानका साहित्यकारसहित भारतको सिक्किम, कालिङपुङ, दार्जिलिङ, कोलकत्ता, झारखण्ड, सिलगुडीका साहित्यकारको सहभागीता हुनेबताइएको छ।
इलाममा २०७६ मा साहित्य महोत्सव आयोजना गरिएको थियो। तर कोभिडका कारण अघिल्ला वर्षमा महोत्सव आयोजना गर्न नसकिए पनि यो वर्षदेखि महोत्सवलाई निरन्तरता दिने बताइएको छ।
NC:Gorkhapatra Online .





