Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

images
  • समाचार
  • चैत्र १६, २०७९ बिहिवार १९:५७ बजे
  • 211
    SHARES
  • images
    आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले  अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।

    आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उपनिर्वाचनका लागि एक करोड ८० लाख एक हजार ५६६ मतदाता कायम भएको जानकारी दिनुभयो । जसमा पुरुष ९१ लाख ४९ हजार ३३५, महिला ८८ लाख ५२ हजार ४६ र अन्य १८५ जना छन् ।

    आयोगले आज (बिहीबार) उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरेको हो । वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुगेकासहित एक करोड ८० लाख एक हजार ५६६ मतदाताको अन्तिम नामावली समावेश गरिएको छ ।Press_Release_12-16-2.jpg

     

    images
  • सम्बन्धित विषय:

  • # election byelection

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology