चैत १६ गते। नेपाली कांग्रेसबाट स्वर्णिम वाग्लेलेअलग भएको घोषणा गर्नुभएको छ। १० वर्षदेखि नेपाली कांग्रेसको आर्थिक नीति, योजना, बौद्धिक सैद्धान्तिक विमर्श र प्रशिक्षण एवम् अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको सम्झना गर्दै बिहीबार दिउँसो वाग्लेले पार्टी छोडेको घोषणा गर्नुभएको हो। कांग्रेसले तनहुँ १ मा हुने उपनिर्वाचनमा वाग्लेलाई उम्मेदवार नबनाएपछि असन्तुष्ट भएर सामाजिक सञ्जालमा पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो।




