चैत १६ गते । प्रभास र कृति सेनन अभिनित फिल्म 'आदिपुरुष'को नयाँ पोस्टर राम नवमीको अवसरमा सार्वजनिक भएको छ । पोस्टरमा कृति प्रभास र सन्नी (माता सीता, भगवान राम र लक्ष्मण) को भूमिकामा देखिएका छन् । फिल्मको नयाँ रिलिज मिति पनि निर्माण पक्षले घोषणा गरेको छ । यसअघि 'आदिपुरुष' जनवरी २०२३ मा प्रदर्शन हुने तयारीमा थियो तर टिजरमै विवाद उत्पन्न भएपछि निर्माण पक्षले रिलिज मिति सारेको हो । यसअघि सार्वजनिक भएको ट्रेलेरमा रावण, सीता र हनुमानको भूमिकालाई लिएर विवाद भएको थियो ।
फिल्म 'आदिपुरुष' १६ जुनमा प्रदर्शन हुने तयारीमा छ ।





