काठमाडौँ, चैत १६ गते । समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने छ । चैत ६ गते विश्वासको मत पुनः लिनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिने दललाई सरकारमा सहभागी गराउन आज मन्त्रिपरिषद् विस्तार गर्नुहुने बताइएको छ ।




