चैत १६ गते । शुक्रबार बिहान ८ बजेदेखि २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ। परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले परीक्षामा सहभागी हुन आवेदन फाराम भरेका छन्।
यो वर्ष पुरानो पाठ्यक्रम अनुसारको अन्तिम परीक्षा हो। २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ। देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन्।




