Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाको सानदार जित

मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाको सानदार जित

images
  • खेलकुद
  • चैत्र १५, २०७९ बुधवार २०:४६ बजे
  • 754
    SHARES
  • images

     

     
     

    काठमाडौं, चैत १५ गते । कप्तान लियोनेल मेस्सीले ह्याट्रिक पूरा गरेसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुराकाओमाथि सानदार जित निकालेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७-० गोलले हरायो ।

    एकपक्षीय खेलमा अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिक पूरा गर्दा निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले एक एक गोल गर्नुभयो ।

    पहिलो हाफमा पाँच गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल थपेको थियो । २०औँ मिनेटमा गोलको खाता खोल्नुभएका मेस्सीले ३३औँ र ३७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको हो । मेस्सीको ३७औँ ह्याट्रिक हो ।

    यस्तै निकोलसले २३औँ, एन्जोले ३५औँ, डि मारियाले ७८औँ र गोन्जालोले ८७औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई फराकिलो जित दिलाउनुभयो । 

    यसैगरी मंगलबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमले जर्मनीलाई ३-२ गोलले पराजित गरेको छ । बेल्जियमको जितमा यान्निक कारास्को, रोमेलु लुकाकु र केभिन डि ब्रुयनले गोल गर्नुभयो । जर्मनीका निकलस फुलक्रुग र सर्ज जिनाब्रीले एक एक गोल गर्नुभएको थियो । एजेन्सी 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology