Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

गोल वर्षा गर्दै मनाङ फाइनलमा

गोल वर्षा गर्दै मनाङ फाइनलमा

images
  • खेलकुद
  • चैत्र १५, २०७९ बुधवार २०:४३ बजे
  • 460
    SHARES
  • images

     

     

    धनगढी, चैत १५ गते।मनाङ मस्‍याङ्दी क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नजिक पुगेको छ। 

    धनगढी रङ्गशालामा बुधबार  भएको सेमिफाइनल खेलमा क्यामरुनको एभिनियर फुटबल क्लबमाथि फराकिलो जित निकाल्दै मनाङ् मस्‍याङ्दी क्लब फाइनलमा पुगेको हो। मनाङ्ले सात खेलाडीमामात्र सीमित विदेशी टोलीमाथि शून्यको विरुद्ध छ गोल गरेको हो। 

     सुडिजो अजमोल जमालले मनाङको रवाफिलो जितमा ह्याट्रिक पूरा गर्नुभयो। जमालले खेलको ५९ औं, ६७ औं र ७७ औं मिनेटमा गोल गर्नुभयो। त्यस्तै, जीवन गुरुङले १२ औं, प्रसन्न श्रेष्ठले ५४ औं र अनिल गुरुङले ८१ औं मिनेटमा एक/एक गोल गर्नुभयो। खेलमा जमाल प्लेयर अफ द म्याच घोषित भइ पुरस्कृत हुनुभयो।

     

    images
  • सम्बन्धित विषय:

  • # #football

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology