Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रचण्ड नेतृत्वको सरकार पॉच वर्ष जाने दावी

प्रचण्ड नेतृत्वको सरकार पॉच वर्ष जाने दावी

images
  • समाचार
  • चैत्र १५, २०७९ बुधवार १८:११ बजे
  • 922
    SHARES
  • images

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकार पाँचै वर्षसम्म जाने बताएका छन्। 

     

    बुधबारदेखि काठमाडौंमा सुरू भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचन सम्पन्न भएदेखि अहिलेसम्म सरकार परिवर्तन नभएको र आगामी पाँच वर्षसम्म पनि आफू नेतृत्वकै सरकारले निरन्तरता पाउने विश्वास रहेको बताएका हुन्। 

     

    सम्मेलनमा काठमाडौं महानगरप्रमुख बालेन साहले सरकारको निश्चितता र स्थिरताबारे शंका रहेको बताएका थिए।

     

    ‘स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन गर्‍यौं। त्यसपछि सरकार निरन्तर एउटै छ। मेरै नेतृत्वमा सरकार छ । मलाई विश्वास छ, यो सरकार पाँचै वर्षसम्म जान्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।  

     

    प्रधानमन्त्री प्रचण्डले सरकारको स्थिरताबारे ढुक्क रहन आग्रह गरे। 

     

    सत्तारूढ गठबन्धन दलहरूबीच प्रचण्ड साढे २ वर्ष प्रधानमन्त्री हुने, त्यसपछि एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने र अन्तिममा साढे १ वर्षका लागि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको बताइन्छ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology